
२२ भदौ २०७५, काठमाडौं
भदौ २२ गतेका दिन कान्तिपुर दैनिकको प्रथम पृष्ठमा संवाददाता विजय तिमल्सिनाद्वारा प्रकाशित करोडौंको घडेरी किर्ते गरी विक्रि शिर्षकमा छापिएको समाचारप्रति बूढानीलकण्ठ नगरपालिका ७ नं. वडा कार्यालय डठुगाउँले खेद प्रकट गरेको छ ।
उक्त पत्रमा राष्ट्रिय दैनिकमा छापिएको समाचारप्रति वडा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँनुको साथै बूनपा ७ नं. वडा कार्यलयबाट त्यस्तो कुनै सिफारिस नगरिएको दावी समेत गरिएको छ ।
गलत र अपुष्ट समाचारले स्थानीय सुशासन, पारदर्शिताको अभियानमा असर पारेको वडा कार्यालयले जनाएको छ ।






