बूढानीलकण्ठ नगरपालिकाले विविध कार्यक्रम गरी बाल दिवस मनाउने



२१ भदौ २०७५, काठमाडौं

आज सम्पन्न बूढानीलकण्ठ नगरपालिका संघसंस्था समन्वय समितिको बैठकले नगरपालिका, महिला बालबालिका ज्येष्ठ नागरिक शाखा र शिक्षा शाखाले संयुक्त रुपमा भदौ २९ गते वृहत बाल दिवस कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका उपप्रमुख तथा संघसंस्था समन्वय समिति संयोजक रमादेवी राईको अध्यक्षतामा सम्पन्न बैठकले कविता, गीत, नृत्य, क्यारिकेचर, बक्तृत्वकला, नाटक आदि विषयमा नगरभित्रका १९ सामुदायिक विद्यालय, प्रत्येक वडाबाट १/१ निजी विद्यालय साथै बालगृहबाट समेत विद्यार्थी सहभागी गराई कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बूनपा ८ स्थित भ्याली पब्लिक स्कूलको सभाहलमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु सहभागी हुने कार्यक्रमको मिडिया संयोजन परिवर्तन खबर डटकमले गर्ने बैठककी अध्यक्ष तथा नगर उपप्रमुख रमादेवी राईले बताईन् ।

प्रतिक्रिया दिनुहोस्