राम्रो गर्दागर्दै मन्त्रीपद छोड्न बाध्य बनाईएका शेरबहादुर तामाङ्ग जिल्ला विकासमा कसिए



२१ भदौ २०७५, काठमाडौं

लोकप्रिय नेता सांसद तथा पूर्व मन्त्री शेरबहादुर तामाङ्गले ३४ करोड लागतमा २ वर्ष भित्र सकिने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १०, ११ र १२ का २२२२ घरधुरीलाई पुग्ने खानेपानी परियोजना आज उद्घाटन गरेका छन् ।

३४ करोड लागत रहेको परियोजनालाई नेपाल सरकारले १७ करोड उपलब्ध गराएको र थप १७ करोडको श्रोत जुटाई २ वर्ष भित्र जसरी पनि परियोजना  सम्पन्न गर्ने उक्त परियोजनाको समाप्ति पछि जाडेखोला हर्रे टुनिबोटे साँगाचोक सुख्खा क्षेत्रमा शुद्ध र पर्याप्त खानेपानी पुग्ने समेत सांसद तामाङ्गले परिवर्तन खबरलाई बताए ।

 

प्रतिक्रिया दिनुहोस्