एक ट्राफिकको भागमा १४ सय सवारी !



२१ भदौ २०७५, इटहरी

सुनसरीका धरान, इटहरी, इनरुवा लगायत शहर पछिल्लो समय प्रादेशिक राजधानिको माग उठाउन सक्षम शहरको रुपमा चिनिन्छन् । इटहरी प्रदेश १ को केन्द्रबिन्दु र अत्याधिक रुपमा फस्टाएको जग्गा ल्पटीङले जनसंख्या ह्वात्तै बढेको शहर हो । सबै भन्दा छिटो उपमहानगरपालिका बन्न सफल इटहरी साथै पुरानो ब्यापारीक शहर धरान सुनसरी भित्रै पर्ने शहर हुन् । जसै शहरमा जनसंख्या बढी रहेको छ ट्राफिक समस्या समेत बढ्दै गएको पाईन्छ । स्थानीय निकाय, यातायात ब्यवस्था बिभाग, सडक बिभाग र ट्राफिक प्रहरीलाई सडकसँग सम्बन्धित सरकारी संयन्त्र मान्न सकिन्छ । त्यसमाथि सडकमा नै प्रत्यक्ष देखिने ट्राफिक प्रहरीलाई सडक ब्यवस्थापनको प्रमुख अंगको रुपमा आम सर्वसाधारणले लिने गर्दछन् ।

बढ्दै गएको जनसंख्या, ट्राफिक नियमको पालनामा देखिएको नगन्य प्रयाश र बढ्दै गएको दुर्घटनाले सर्वसाधारण जनता आजित हुँदै गएका छन् । जेब्रा क्रसिङबाट बाटो काट्दा समेत असुरक्षित अब्यवस्थित फटपाथ र ट्राफिक प्रहरीको ब्यवस्ताका कारण सडकलाई मृत्यु बाटो भन्नेहरु धेरै छन् ।

सुनसरी ट्राफिक प्रहरी भने उपलब्ध स्रोतका आधारमा उच्च सेवा दिदै आएको दावा गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका इनिस्पेक्टर होम राज दाहालका अनुसार सुनसरी ट्राफिकले उपलब्ध भएको स्रोतका आधारमा अत्याधिक काम गरेको छ ।

दाहालका अनुसार सुनसरीमा ४ सय ६५ किलोमिटर सडक सुनसरीमा रहेको छ । सुनसरीमा जम्मा ३२ जना ट्राफिक प्रहरी कार्यरत रहेका छन् भने यातायात ब्यवस्था बिभागले सुनसरीका लागि दर्ता भएका सवारी ४७ हजार ७ सय ३५ रहेको छ । यसरी हेर्दा सुनसरीमा एक जना ट्राफिक प्रहरीको भागमा १४ किलोमिटर सडक र १४ सय वटा सवारी साधन हेर्नु पर्ने बाध्यता रहेको छ ।

परिर्वतन खवरसँग कुरा गर्दै दाहालले भने ‘१ जनाले १४ सय सवारी हेर्नुपर्छ, सवारी बर्षेनी थपिएको थपिएकै छन् । त्यस अनुसार ट्राफिकको दरवन्दी नथपिदा समस्या भएको हो । हामीले काम गर्न नखोजेको हैन गर्दागर्दै नभ्याएको हो ।’

प्रतिक्रिया दिनुहोस्