इटहरीको सडक अतिक्रमण हटाउन थालियो



२१ भदौ २०७५, इटहरी

पछिल्लो समयमा अब्यवस्थीत सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, ठुला ब्यापारीक महलबाटै सडक मिची पार्किङ र फुटपातको ब्यापारका कारण अस्तब्यस्त बनेका इटहरीका सडक अतिक्रमण हटाउन थालिएको छ । इटहरी उपमहानगरपालिकाको सक्रियतामा बुधवारबाट सडक अतिक्रमण गरी बनाईएका संरचना र सामाग्री हटाउन थालिएको हो ।

इटहरीको बुढी खोलादेखी कान्छी चौकसम्मको पूर्वपश्चिम राजमार्ग र उत्तर दक्षिण कोशी राजमार्गमा साँढे ८२ फिट सडक कायम गरी त्यस्ता संरचना हटाउन थालिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । पुर्वकै एक प्रमुख व्यापारीक केन्द्रका रुपमा विकसित वन्दै आएको इटहरी उपमहानगरपालिकाको बजार क्षेत्रमा सडकमा रहेका त्यस्ता संरचना हटाएर उक्त स्थानमा ब्यवस्थीत पार्कीङ बनाईने छ । इटहरीको मुख्य चोक तथा बजार क्षेत्रमा ब्यापारीले सडक पेटीमा ब्यापारीक सामाग्री र ठुला महलले प्राईभेट पार्कीङ बनाउँदा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।

इटहरीमा पुर्व पश्चिम राजमार्गका साथै कोशी राजमार्गमा अव्यवस्थित रुपमा सडक पेटी अतिक्रमण गरी फुटपात पसल सञ्चालन गर्ने, सवारी साधन पार्किगं गर्ने कार्य हुँदै आएको विभिन्न किसिमका सामानहरु राख्ने कार्यलाई हटाउने कार्य समेत सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्