
२१ भदौ २०७५, काठमाडौं
बलिउड नायिका प्रिती जिन्टाले आफ्नो ट्वीटर मार्फत बलिउड नायक शाहिद कपुरलाई बधाई दिएकी छिन् । हिजो मुम्बईको हिन्दुजा अस्पतालमा शाहिदकी श्रीमती मिरा राजपुतले छोरालाई जन्म दिएसँगै उनी दोस्रो पटक बाबु बनेका छन् ।
Congratulations @shahidkapoor & Mira on the new addition to the family ? So Happy for both of you . Loads of love, happiness and diapers ? always… Ting ! #babyboy #Happiness #Love
— Preity G Zinta (@realpreityzinta) September 5, 2018
शाहिद र मिराका एक छोरी छिन् । यसअघि सन् २०१६ अगस्ट २६ तारिखमा मिराले छोरी मिशालाई जन्म दिएकी थिइन् । हाल शुभचिन्तकहरुले मिरा र शाहिद परिवारलाई अस्पतालमै गई बधाई दिईरहेका छन् ।





