एभरेष्ट बैंक र सिटी एक्सप्रेस ट्रान्सफरबीच रेमिटेन्स सम्झौता



२० भदौ २०७५, काठमाडौं

एभरेष्ट बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सम्झौता भएको छ ।

यससँगै एभरेष्ट बैंकले पठाएको पैसा सिटी एक्सप्रेस मनी ट्रान्सफरले र सिटी एक्सप्रेस मनी ट्रान्सफरले पठाएको पैसा एभरेष्ट बैंकले दिन सक्ने भएको छ ।

सम्झौता पत्रमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेलबीच हस्ताक्षर भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्