संसदमा प्रधानमन्त्री ओलीको राजीनामा माग



२० भदौ २०७५, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छन् । बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन् । सरकारका नेताहरुले संविधानको उल्लंघन गरेको र संविधानभन्दा माथि कोहि पनि नभएको भन्दै राजीनामा माग गरेको हुन् ।

‘हाम्रो संविधानले पासपोर्ट बनाएपछि निर्वाध रुपमा विदेश जान पाउने अधिकार ग्यारेन्टी गरेको छ, तर एक युवा (लेनिन विष्ट) लाई सरकारबाट अनुमति नलिएको भनेर एयरपोर्टमा रोकियो’, खल्तीबाट पासपोर्ट निकालेर देखाउँदै सिंहले भने, ‘यो संविधानको ठाडो उल्लंघन हो । यो सरकारले राजीनामा गर्नुपर्छ, उनले भने ।

सरकारले दिनदिनै समृद्धिको सपना बाँडिरहेको भन्दै न सुशासन छ, न समृद्धि भन्दै सरकारको आलोचन गरे । बर्दियामा मन्त्रीलाई कालो झन्डा देखाउने क्रममा प्रक्राउ परेको व्यक्तिको प्रहरी हिरासतमा नै मृत्यू भएको भन्दै स्वतन्त्र न्यायिक छानबिनको माग समेत गरेका छन् ।

त्यस्तै राजपाका लक्ष्मणलाल कर्णले पनि छानबिन हुनुपर्नेमा जोड दिएका छन् । सो घटनाका बारेमा गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने उनको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्