विद्युत विकास विभागद्वारा ३६ आयोजनासँग विवरण माग



२० भदौ २०७५, काठमाडौं

विद्युत विभागले २०७३ साउन ३० भन्दा अगाडि विद्युत उत्पादन अनुमतिपत्र लिएका तर भौतिक प्रगति भने २० प्रतिशत पनि नगरेका ३६ वटा आयोजनाहरुलाई आयोजनाका विवरण बुझाउन माग गरेको छ ।

ऊर्जा, जल तथा सिंचाईमन्त्री बर्षमान पुनको निर्देशनमा विभागले सो आयोजनाहरुलाई विवरण बुझाउन माग गरेको हो । विद्युत नियमावली २०५० को नियम २१ बमोजिम अनुमति लिएको १ वर्षभित्र भौतिक रुपमा कार्य सुरु गरिसक्नु पर्ने उल्लेख हुन्छ । त्यस्तै निर्माण कार्य पुरा नभएसम्म विभागलाई प्रत्येक ६, ६ महिनामा आयोजनाको विवरण बुझाउन पर्छ ।

दुई वर्षभित्रमा वित्तीय व्यवस्था नभएमा अनुमतिपत्र रद्द गर्न सकिने कानूनी व्यवस्था रहेको छ । सो अवधिमा वित्तीय व्यवस्था पुरा हुन नसकेमा आवश्यक्ताअनुसार बढिमा एक वर्ष समय थप गर्न सकिने छ । सो अवधिमा पनि वित्तीय व्यवस्था पुरा हुन नसकेमा अनुमतिपत्र स्वतः रद्द हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्