
१८ भदौ २०७५, संखुवासभा
लाखे जात्रा समापन
संखुवासभाको सदरमुकाम खादवारी, चैनपुर नरपालिकाको चैनपुर बजार साथै पाँच खपन नगरपालिकोको सिबुवा नेवार समुदायको बाहुल्यता रहेका क्षेत्र हुन् । आफ्नै संस्कृतीक मान्यता भएका नेवार समुदायको बसोवास संखुवासभामा भए पनि आफ्नै भाषा बोल्न भने त्यहाँका धेरै नेवार समुदायका मानिसलाई आउँदैन । बदलिदै गएको समय, प्रबिधीमा भएको बिकास र पश्चिमा संस्कृति हावी हुँदा संखुवासभाका दुई ग्रामीण शहर खाँदबारी र चैनपुरका नेवारले आफ्नै नेवारी भाषा बोल्न जान्दैनन् । तर संखुवासभाको नेवारी समुदायको पुख्यौलि थलो सिबुवाका नेवारी समुदाय भने आफ्नै भाषामा बोलचाल गर्छन् र पर्व मनाउँछन् ।

आफ्नो भाषा बोल्ने नेवार सिभुवामा मात्र रहेको चित्रप्रसाद श्रेष्ठले बताए । जिल्लामा अन्य स्थानमा रहेका नेवारले भाषा बोले पनि सिभुवाबाट बसाई सरेका, बिहे गरेका लगायतले मात्र बोल्ने गरेको बताए । पाँचखपन नगरपालिका वडा नं. ३ को सिभुवामा नेवार समुदायको पुरानो बसोबास रहेको स्थान हो । २ सय बर्ष अगाडीबाट उक्त स्थानमा नेवारी समुदायको बसोवास रहेको मानिन्छ । उक्त स्थानमा २ सय बर्ष अगाडी बनाईएको भिमसेन मन्दिर रहेको छ । स्थानियका अनुसार मन्दिर स्थापना भए देखी नै त्यहाँबाट नेवारी समुदायको एउटा ठुलो पर्व लाखे जात्रा सुरु गर्ने गरिएको छ ।
उक्त स्थानबाट नागपञ्चमीमा सुरु गरेको लाखे नाँच विभिन्न समुदाय र गाउँटोलमा पुगेर नचाउँने गर्छन् । कृष्ण जन्माष्टमीमा ब्रत बस्ने भोलिपल्ट दिनभर लाखे नचाउने र कृष्ण रथ यात्रा गराउँछन् । रातको मध्यान्ह बाह्र बजेपछि मात्र पुजा गरी कृष्ण र कंशको युद्ध नाँचमा प्रस्तुत गर्दै कंशको हार भएको अभिनय गरेर लाखे मारिन्छ । र जात्रा सकिन्छ । यो बर्षको जाखे जात्रा सोमबार सकिएको छ ।
यद्यपी जात्रा संरक्षण गर्न संखुवासभाका नेवार समुदायका युवाहरु भने जुटेको पाईन्छ । संस्कृतिको संरक्षणका लागि त्यहाँका युवाले वर्षेनी जात्राका कार्यक्रम गर्ने गरेका छन् । एक वर्षमा नेवार समुदायका कुनै पनि व्यक्तिको मृत्यु भएको घरबाट लाखे निकालिने भएकाले आफन्तको शोकमा सँधैभरी दुखी हुनु हुँदैन, दुख विर्सेर हाँस्न सिक्नु पर्छ भन्ने सन्देश जात्राले दिएको बताइन्छ ।





