
घोडाघोडी नगरपालिका ६ की १३ वर्षीया बालिका बलात्कार गर्ने हर्कबहादुर कुँवरलाई धनगढी जिल्ला प्रहरी कार्यालय कैलालीले सोमवार सार्वजनिक गरेको छ । आफ्नै छोरीको साथीलाई बलात्कार गरेको आरोप लागेदेखि नै फरार रहेका कुँवरलाई आइतवार साँझ प्रहरीले लम्कीचुहा नगरपालिकामा आफन्तको घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरे भन्छन्, ‘अभियुक्तले घरमा कोही नभएको मौका छोपी राती १० बजेको समयमा बालिकाको घरमा गई सलले हात बाँधेर मुखमा कपडा कोची बलात्कार गरेको र बालिका बेहोस भएपछि मृत्यु भएको भन्दै छोडेको देखिएको छ ।’

कैलालीको घोडाघोडी नगरपालिका–६ बछुरियामा १३ गते राति अभियुक्त कुँवरले बालिकाको आमाबुवा पहाड (अछाम) गएको र सुस्त मनस्थितिका बाजे मात्रै घरमा भएको मौका छोपी बालिकामाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कुँवरलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ ’ख’ बमोजिम १४ वर्षदेखि १६ वर्षसम्म कैद र दफा २२८ बमोजिम क्षतिपूर्तिको सजाय हुने प्रहरी उपरीक्षक घिमिरेले बताए ।
केही समयअघि कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको संसदमा सुनुवाई भएको थियो जसमा सांसदहरुले बलात्कारीलाइृ फाँसीको सजाए हुनुपर्छ भनी माग उठाएका थिए । यदि समाजमा यस्ता घटनाहरु हुन नदिन बलात्कारीलाई फाँसीको सजाय ठिक होला कि नहोला कमेन्ट गर्नेहोस् ।





