बुढ्यौली बिसाउने बृद्ध चौतारी



१८ भदौ २०७५, इटहरी

भनिन्छ, सबैभन्दा नराम्रो समय बुढेसकाल हो, बिगत ५ बर्षदेखी इटहरीमा बस्दै आएका ७२ बर्षीय तिलकराम दाहाललाई भरखर इटहरी आउदा दिन कटाउन धेरै मुस्कील थियो । ब्यस्त शहर, सबै आ–आफ्नै तालमा । बृद्ध अवस्थाका दहालले न कोही छिमेकी चिनेका थिए न त आजभोलिका युवाको जस्तो प्रबिधीसंग नै जानकार बिहान उनलाई त्यो बेला लाग्थो हरेक दिन शनिवार होस् वा बिहान र बेलुका मात्र होस् कारण थियो ति समयमा उनका नाति नातिना एक्लो पना हटाउनसंगै हुन्थे । इटहरी कै राम प्रसाद निरौलाको पनि १० बर्ष अगाडि सम्म दैनिकी दाहालकै जस्तो थियो । शहरी परिवेशमा बाँच्न सबै आफ्नै धुनमा निरौलाको सुखदुख साट्ने कोही थिएनन् तर जसै इटहरी उपमहागरपालिका परिसरमा रहेको बृद्धा सेवा समाज र बृद्ध चौतरी बारे थाहा भयो उनीहरुको दैनिकी नै फेरिएको छ ।

इटहरी गाउँ बिकास समितीबाट नगरपालिकामा बढुवा हुँदा ताका इटहरीका एमाले नेता शर्वध्वज साँवा र रेवाती रमण भण्डारी इटहरी नगरपालिकाको मेयर र उपमेयरको रुपमा आए उनीहरुकै पहलमा इटहरी नगरपालिका परिसरमा रहेको मेचिकाली पोखरीमा बृद्ध चौतारीको सुभारम्व गरियो उक्त समयमा १० जना जति बृद्ध भेला हुने चौतारी अहिले इटहरी भरीका बृद्ध बृद्धाको दुख सुख बढ्ने एउटा साझा थलो भएको छ ।

दिन भरीको थकान कामको चाँप अनि यात्राको थकाई मार्ने चौतारीले पहाडी क्षेत्रमा धेरैलाई सजिलो छ । त्यस्तै आफ्ना मनभरीका दुःख र सुख बिसाउने चौतारी बनेको छ इटहरीको बृद्ध चौतारी । इटहरी २ कि धनमाया राई सानो खुशी हुन् या कसैबाट उनको चित्त दुखोस् उनी पुग्ने त्यही चौतारी छ अनि उनका कुरा सुनिदिने उनि जस्तै धेरै शाथी पनि ।

७२ बषीय तिलकराम बिहान १० बजे नै चौतारी आउछन् धर्मकर्मका लागि १ घण्टा त्यही पुराण सुन्छन् । आफुले जीवन जिउँदाका घटना सुनाउँछन् अनि अरुका पनि सुन्छन् । त्यहाँ मन हलुङ्गो हुन्छ । २ बजे उनी घर जान्छन् उनी घर पुग्दा नातिको आउने बेला हुन्छ, । त्यसपछीको उनको काम दिन भरी आफुले सुनेका कुरा नातिलाई सुनाउने र आचरण सिकाउने । खुशी हुँदै उनी भन्छन् ‘गाँस छोड्नु, साथ नछोड्नु अरे छोरा बुहारीलाई फुर्सद छैन, कुरा गारौ जमाना अनुसारका कुरा मिल्दैनन्, यहाँ आयो सबै आफु जस्तै कहिले लप्टनका लडाईका कुरा सुन्छु, कहिले बिचारीका भेडा चराएका ।’

बृद्ध चौतारीमा आफ्ना दुखका भरी बिसाउन र आफु जस्तै सथिसँग सुस्ताउन आउने बृद्ध बृद्धा झनै रमाउँछन् जब आफ्ना छोरा छारी जस्तै बिभिन्न संघ संगठनका सदस्य आएर सम्मान गर्छन्, खेल खेलाउँछन् अनि खाजा खुवाउँछन् । इटहरी की बिष्णु मायाले भनिन् कैलै कुर्सी घुम्ने खेलाउँछन् कैले के , यहाँ आएसी घर जानै भुल्छु ।

जीवन भोगाईको लामो यात्रा अनुभव भएका धेरैलाई छोरा छोरीले बोझ मान्दै जादैछन् । समय र टेक्नोलोजिको परीर्वतनले बृद्ध समुदायका मानिस एक्ला छन् । खाली दिमाग शैतानको घर धेरै त एक्लो जिवनले मानसिक रोगी समेत भएका छन् तर यस्ता सार्वजनिक बृद्धा चौतारीमा सुस्ताउनेको अनुभव र जीवन दुबै बढ्दै गएको छ ।

देश संघीयताको अभ्यासमा छ । केन्द्रको सरकार वडा सम्म पुगि सक्यो ति सरकारमा पुग्न योग्य बनाउने बाबु आमालाई सधै सम्मान र उनीहरुको अनुभवको त सबैलाई खाँचो छँदै छ । सरकार सानो सानो रुपमा गाउँ पुगे जस्तै यस्ता बृद्ध चौतरी पनि देशका सबै ठाँउमा पुगे सायदै बुढेसकालका छान्छेले एक्लो जिवन बिरक्तले बाच्नु पथ्र्यो ।

बृद्ध–बृद्धालाई सम्मान
प्छिल्लो समयमा तिजको समय सुरु भएसंगै दर खाने कार्यक्रम राख्ने प्रचलन नौलो हैन बिभीन्न संघ संस्थाले मटै रकम खर्च गरेर तिज बिषेश कार्यक्रम गरीरहेका छन् । तर इटहरीमा क्रयासिल रहेको एक आपस बहुउदेश्य सहकारी संस्थाले भने फरक किसिमले तिज बिषेश कार्यक्रम आयोजना गरेको छ । उमेरमा धेरै काम गरेर कमजोर बन्दै गएका बृद्ध बृद्धाको सम्मान गर्दै संस्थाले तिज बिषेश कार्यक्रम आयोजना गरेको हो ।

सुनसरीका पुर्व सभासद् तथा प्रदेश १ कानुन मस्यौदा समीती संयोजक रेवति रमण भण्डारी को प्रमुख आतिथ्यता र इटहरी उपमहानगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष समेत रहेका एक आपस बहुउदेश्य संस्थाका अध्यक्ष चन्द्र प्रशाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा एक सय भन्दा बढी बृद्ध बृद्धा लाई सम्मान तथा दर खुवाउने कार्यक्रम गरीएको कार्यक्रम संयोजक भुमा भण्डारीले बताईन् ।

कार्यक्रम इटहरी उपमहानगर परीसरमा रहेको बृद्धा चौतारीमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्