‘The Voice of Nepal’ मा छनौट भएसँगै भोजपुरका तेजिन्द्र गन्धर्ब चर्चाको शिखरमा (भिडियो सहित )



१८ भदौ २०७५, काठमाडौँ

पूर्वी पहाडी जिल्ला भोजपुरका तेजिन्द्र गन्धर्ब विश्वचर्चित गायन रियालिटी शो ‘The Voice of Nepal’ को blind राउण्ड पार गर्दै अगाडी बढेका छन् । सारंगी बजाएर गाउघरका दुख सुखको गीत गाउदै हिड्ने गन्धर्बले आफ्नो गायन मार्फत कोचहरुलाई प्रभावित पार्दै ‘The Voice of Nepal’ को blind राउण्ड पार गरेका हुन् ।

गन्धर्ब छनौट भएसँगै यतिबेला देश तथा विदेशमा बस्ने भोजपुरेहरुले भोजपुर को सान तेजिन्द्र गन्धर्ब भन्दै आफ्नो सामाजिक संजालमा गुनगान गाइरहेका छन् । ‘The Voice of Nepal’ मा तेजिन्द्रले सारंगी बजाएर आफ्नै रचना र संगीत रहेको गीत गाउदा चारै जना कोचहरू मन्त्रमुग्ध बनेका थिए ।

उनले आफ्नो प्रस्तुति दिदै गर्दा उनको कलाबाट प्रभावित हुँदै कोच सनुप पौडेलले पहिलो बाज गरेका थिए भने त्यस पछि अर्का कोच दीप श्रेष्ठले बाज गरेका थिए । सुरु देखिनै एकोहोरो भएर सुनिरहेका अर्का कोच प्रमोद खरेलले अनित्ममा बाज गरेका थिए तर कोच अभय सुब्बाले भने बाज गरेकी थिइनन् ।

तिन जना कोचाहरुले बाजा गरेर उनलाई छाने पछि उनलाई आफ्नो कोच छान्न केही संकट परेको थियो तर अन्तत उनि कोच प्रमोदलाई छान्दै प्रमोदको समुहमा गए । दमदार प्रस्तुति दिएका गन्धर्बले भोजपुरको चिनारी झल्काउने भोजपुरैको डबली मेलैमा हाँसीराख भेट भाको बेलैमा बल्छी काँडैले हितैको मायालाई छेक्यो डाँडैले गाएका थिए ।

‘The Voice of Nepal’ मा गीत गाएर छनौट भएसँगै यतिबेला उनि रातारात भाइरल बनेका छन् ।

यस्तो छ, उनले ‘The Voice of Nepal’ मा दिएको प्रस्तुति :

https://youtu.be/2QdXG8Fiq98

यो पनि पढ्नुहोस:

अध्यारोमा नेपालेडाँडा : १२ वर्षअघि पोल गाडियो अझै तार टाँगिएन

जेष्ठ नागरिकहरुलाई नगरभित्र स्वास्थ्य सेवामा विशेष छुट दिलाउने छु : मेरिका राई

एटम जी! दीपावली मनाउने तयारीमा बस्नुस्, दशैँ अघि नेपालेडाँडामा बत्ति बल्छ: बीरबल राई

प्रतिक्रिया दिनुहोस्