बलात्कारीलाई जस्तै जथाभावी बम पड्काउनेलाई पनि फाँसीको सजाय ठिक कि बेठीक कमेन्ट गर्नुहोस्



बिराटनगरमा बम बिस्फोट गराउने तीन जना पक्राउ

१८ भदौ २०७५, काठमाडौं

२१ दिन अगाडि बिराटनगर महानगरपालिका कार्यालयमा भएको बम विस्फोटमा संलग्न पक्राउ परेका छन् । बम विस्फोट गरेको भन्दै प्रहरीले तीन आरोपीलाई आज सार्वजनिक गरेको हो । पक्राउ परेका तीनै जना महानगरमा सेवाग्राहीको रुपमा गएको प्रहरीको भनाई छ ।

बम विस्फोटको छानबिन गरिरहेको प्रहरीले १ महिना बित्न लाग्दा समेत दोषी पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना हुँदै आएको थियो । अनुसन्धान गरिरहेको प्रहरीले महानगरको सिसिटीभी क्यामेरामा केही नहुँदा अल्मलिएको थियो । लगत्तै सडकमा रहेको सिसिटीभी फुटेजबाट दोषी पक्राउ परेका हुन् ।

प्रहरीले बम विस्फोटको आरोपमा मोरङको जहदा गाउँपालिका वडा नम्बर २ का ५३ वर्षीय मनोजकुमार सिंह, सिराहाको खुशीपुर नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय रामरिझन यादव र सिरहाको लक्ष्मीपुरपतार गाउँपालिका वडा नम्बर ३ का २० वर्षीय अभिमन्यु गिरी लाई सार्वजनिक गरेको छ ।

मोरङ प्रहरीका एसपी मनोज कुमार केसीका अनुसार पक्राउ परेकाहरुलाई हात हतियार खरखजना अन्र्तरगतको मुद्दा लागाईने छ । प्रहरीका अनुसार बम विस्फोट एउटा गिरोह नै मिलेर गराईएकाले संगठित अपराधको मुद्दा समेत लगाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्