पाटनको कृष्ण मन्दिरमा भक्तालुको घुइचो (तस्विर सहित)



१८ भदौ २०७५, काठमाडौँ

हिजो भाद्र कृष्ण अष्टमी भगवान श्रीकृष्णको पुजा आराधाना गरी श्रद्धा भक्तिपूर्वक मनाइयो ।

राजधानीको ललितपुर स्थित पाटन क्षेत्रमा रहेको कृष्ण मन्दिरमा बिहानै देखि भक्तालुहरुको घुइचो थियो भने पुजा गर्न जानेहरुको लाईन बेलुकीसम्म उस्तै थियो। सानासाना बालबालिकाहरुलाई भगवान श्रीकृष्ण र राधिका झैँ सिगारिएको देखिन्थ्यो भने मयुरको प्वाँखको ब्यापार पनि उस्तै मात्रामा थियो ।

कृष्णको मनपर्ने बाजा बाँसुरी किन्ने र बेच्नेहरु पनि उस्तै मात्रामा मन्दिर आसपासमा देखिन्थे । भजन कृतन पनि उस्तै मात्रामा गरिरहेको कृष्ण मन्दिरमा पुजा गर्न जानको निम्ति लाइनमा बसेका सबै जसो भक्तालुहरुको हातमा मयुरको प्वाँख थियो ।

ज्ञानयोग, कर्मयोग, र भक्तियोगका प्रणेता भगवान कृष्णको जन्म द्वापार्युगमा भद्रा कृष्ण अष्टमीको दिन भएको हुनाले हिजो धुमधामसँग मनाइयो । हिजो देशभरको कृष्ण मन्दिरहरुमा भगवान कृष्णको पुजा आराधाना गरियो भने भक्तालुहरुको घुइचो थियो ।

हेरौं, पाटनको कृष्ण मन्दिरको हिजोको तस्विर :

 

 

प्रतिक्रिया दिनुहोस्