निर्मलाको घर पुग्दा रोइन मन्त्री मगर



१६ भदौ २०७५, भीमदत्तनगर

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा शनिबार बिहान खानेपानी मन्त्री बिना मगरले आँसु थाम्न सकेनन् ।

छोरी निर्मलाको हत्यारा पत्ता लगाउन आग्रहसहित स्तब्ध बनेकी आमा दुर्गा पन्तसँगै रोइरहेकी आफन्त महिलाको आँसु पुस्छन मन्त्री मगर अघि सरिन् । सो क्रममा भावुक बनेकी मन्त्री मगरले पनि आँसु थाम्न सकिन् ।

निर्मला हत्या काण्डमा सरकार गम्भीर रहेको बताउँदै मन्त्री मगरले दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाइन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय प्रशासनलाई समेत आफूले अपराध नियन्त्रण र समाजको सुरक्षामा केन्द्रित हुन निर्देशन दिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्