
१६ भदौ २०७५, सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ स्थित सरस्वती बालविकास केन्द्र विद्यालयको भवन निर्माणार्थ ढुंगा बोक्नेदेखि भवनको गारो लगाउनेसम्मको काम गरेका छन् ।

कर्णाली प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिन घोषणा गरेको छ । सोही अनुसार उनीसँगै कर्णाली सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसी र सामाजिक विकास मन्त्री दल रावलपनि काममा खटिएका थिए ।

२०७० सालको बाढीले बगाएको उक्त विद्यालय भवनको मुख्यमन्त्री शाहीले शिलान्यास गर्नुका साथै श्रमदान र आफ्नो एक महिनाको तलब पनि सहयोग गरेका हुन् ।

बजेट अभावले उक्त विद्यालयको भवन बन्न सकेको थिएन ।






