
१६ भदौ २०७५, काठमाडौं
सामुहिक लगानीमा संचालित युनाईटेड ग्रोसरीको दोस्रो साधारण सभा आजी थकालीको सभाहलमा सम्पन्न भएको छ ।

४८ जना संस्थापकहरुद्वारा संचालित युनाईटेड ग्रोसरीले गुणस्तरीय सामानहरु बजारीकरण तथा विक्रि वितरण गर्दै आएको र हाल कम्पनीले ह्याण्डबल ग्राउण्ड कपन, कपन खरिबोटबाट सेवा दिदै आएकोमा आगामी २ वर्षमा अन्य ४ ठाउँमा शाखा विस्तार गरिने संस्थापक तथा प्रवन्ध निर्देशक ईन्द्र गुरुङले परिवर्तन खबरलाई बताए ।

यसको साथै उत्पादनमुलक क्षेत्र विस्तार गरी सोलुखुम्बु, हुम्ला, जुम्लाका विपन्न कृषकहरुले उत्पाद गरेका गेडागुडी प्याकिङ्ग र बजारीकरण गरिने समेत जानकारी गराए ।

ग्रोसरीको दोस्रो साधारण सभाको संचालन पञ्चे राई, स्वागत अगमकुमार राई र अध्यक्षता अमर राईले गरेका थिए ।





