
१६ भदौ २०७५, काठमाडौं
चारुमती धन्दो चैत्य परिसरमा बौद्ध धर्मावलम्वीहरुको सवैभन्दा ठूलो धार्मिक कार्य महापरिनिर्वाण सम्पन्न भएको छ ।

चारुमती बुद्धिष्ट मिसनका संस्थापक अध्यक्ष तथा चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मद्वारा सूर्यरत्न बज्राचार्य र मंगल बज्राचार्यकी ममतामयी माताको स्मृतीमा आयोजित महापरिनिर्वाणमा भिक्षुहरुको बाक्लो उपस्थिति रहेको थियो ।






