तराईमा अझै दाइजो प्रथा पूर्णरुपमा बन्द भएको छैन : राजिव रंजन यादव



१५ भदौ २०७५, काठमाडौं

रौतहट जिल्ला स्थित बौधीमाई नगरपालिकाका प्रमुख राजिव रंजन यादवले तराईमा अझै पनि पूर्ण रुपमा दाइजो प्रथा बन्द नभएको बताएका छन् । हिजो राजधानी स्थित राष्ट्रियसभा गृहमा भएको नेपाल नगरपालिका संघको छैठौं अधिवेशनमा सहभागी भएका यादवले परिवर्तन खबरसंग कुरा गर्दै सो जानकारी गराएका हुन् ।

नगरभित्र कानुन बनाएको भएपनि दाइजो प्रथा पूर्ण रुपमा रोक्न नसकिएको तर बालविवाहा भने रोकिएको नगर प्रमुख यादवले जनाए । आफ्नो नगरभित्र जेष्ठ नागरिकको लागि उपचारमा निशुल्क गराएको र नगर भन्दा बाहिर लानुपर्ने अवस्था भएमा यातायात खर्च दिने गरेको पनि उनले बताए ।

आफ्नो नगरभित्र सेवा सुविधा अनुसार कर लगाएको बताउने यादवले सामाजिक विकास अन्तर्गत महिला विकास कार्यक्रमको निम्ति ३३ प्रतिशत रकम छुट्टाएको पनि बताए ।

स्थानीय सेवा सुविधा स्थानिय रुपमै नजिक पार्ने योजना अनुसार अगाडी बढिरहेका प्रमुख यादवले द्रन्दकालामा कर्मचारीतन्त्र र दलिय भागबण्डाको कारण विकास नभएको र अहिले जननिर्वाचितहरु आएपछि विकास निर्माणले फड्को मार्न थालेको पनि बताए । एक वर्षमा एउटा वडामा आधारभूत स्कुल थप्ने योजना अनुरुप अगाडी बढेका उनले शिक्षा र कृषिमा विशेष निगरानी राख्ने गरेका छन् ।

५ वर्ष पुगेका बालबालिकाहरुलाई बिद्यालय नपठाउने अभिभावकलाई सेवा सुविधाबाट बन्चित गराउनेसम्मको निर्णय गरेका उनले आफ्नो बालबालिका पढाउन सक्षम नभएका परिवारहरुको हकमा भने नगरले सहयोग गर्ने पनि जनाए ।

युवाहरुको निम्ति युवा स्वारोजगार कार्यक्रम चलाइसकेको र अब उधोग संचालन गराएर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने योजना बनाएको बताए । आफ्नो नगरमा स्वास्थ्यको कुनै पूर्वाधार नभएको हुँदा सर्प, स्याल र कुकुर जस्ता प्राणीहरुले टोक्दा उपचार गर्ने समस्या भएको जनाए ।

यो पनि पढ्नुहोस

नेपाल नगरपालिका संघमा अशोक श्रेष्ठ निर्वाचित (फोटो फिचर)

विविधतायुक्त स्थानीय सरकारका प्रमुख उप–प्रमुखहरु (फोटो फिचर)

स्थानीय सरकारमा सबैभन्दा कान्छी २३ बर्षीय आमा र सबैभन्दा जेठी ८८ वर्षीय अविवाहित हजुरआमा

प्रतिक्रिया दिनुहोस्