‘जनप्रतिनिधिको सोच पुरानै छ’ : नगरप्रमुख उपेन्द्र बहादुर थापा



१५ भदौ २०७५, काठमाडौँ

सुर्खेतको पञ्चकुमारी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले ११ वटै वडामा सडक पुर्याउने प्रमुख लक्ष्य रहेको बताए । त्यस्तै शिक्षाको गुणस्तर वृद्धिका लागि काम गरिरहेको बताए ।

पञ्चकुमारी नगरपालिकाले स्वास्थ्य क्षेत्रतर्फ सुत्केरी भत्ता र जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण र औषधीको व्यवस्था गरेको छ ।
परिवर्तन खबरसँगको कुराकानीमा उनले भने,‘ कषी क्रान्ती गर्ने योजना छ । युवालाई विदेश जानबाट रोक्न पहाडी भेगमा फलफूल तथा अन्य क्षेत्रमा तराकारी खेतीको व्यस्था गर्ने योजना रहेको छ ।’

स्थानीय तहसँग जनताको अपेक्षा ठूलो छ तर त्यसको परिपूर्ती गर्न चुनौती पनि त्यत्तिकै छ । उनको नगरपालिकाभित्र सडक पुर्याउने, पर्यटकीय स्थलको विकास गर्ने, कृषि र पर्यटनको विकास गर्ने लगायतका थुप्रै योजना रहेको छ । भन्छन्, ‘जनप्रतिनिधिको सोच पुरानै छ ।त्यसले गर्दा काममा असहजता थपिन्छ ।’

यो पनि पढ्नुहोस

नेपाल नगरपालिका संघमा अशोक श्रेष्ठ निर्वाचित (फोटो फिचर)

विविधतायुक्त स्थानीय सरकारका प्रमुख उप–प्रमुखहरु (फोटो फिचर)

स्थानीय सरकारमा सबैभन्दा कान्छी २३ बर्षीय आमा र सबैभन्दा जेठी ८८ वर्षीय अविवाहित हजुरआमा

प्रतिक्रिया दिनुहोस्