कृष्ण अष्टमीमा गौशालाको धार्मीक कार्यक्रम



१५ भदौ २०७५, मोरङ

मोरङको सुन्दरहरैचा नगरपालीका वडा नं ५ मा रहेको राधेश्याम सेवा ट्रष्ट नयाँ वृन्दाबन गौशालाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । भाद्र १७ गते श्री कृष्ण जन्माष्ठमीको अवसर पारेर कार्यक्रम आयोजना गर्न लागिएको नयाँ बृन्दाबन गौशालाका संस्थापक संरक्षक  दीनबन्धु शास्त्रीले जानकारी दिए ।

गौशालाको नयाँ भबनको उद्घाटन गर्दै भजन नृत्य, भजन गायन साथै विश्वकै अग्लो गाईको प्रतिमाको शिलान्यास कार्यक्रम रहेको शास्त्रीले जानकारी दिए । कार्यक्रम संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका सचिब दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यतामा हुनेछ ।

यसरी बिकास हुदै छ गौशाला निर्माण
सुन्दरहरैचा नगरपालिकाले आफ्नो गौरबको योजनाको रुपमा नयाँ बृन्दावन गौशालाको निर्माण गर्ने भएको छ । बिश्वकै ठुलो गाईको मुर्ती राखिने उक्त क्षेत्रलाई धार्मीक स्थानको रुपमा बिकास गरी त्यसबाट आम्दानी लिने नगरपालिकाको योजना रहेको छ ।

राधेश्याम सेवा ट्रस्ट र सुन्दरहरैचा नगरपालिकाको संयुक्त लगानीमा बन्दै गरेको गौशाला क्षेत्र प्राकृतिक रुपले मनोरम स्थलको रुपमा रहेको वुढी गंगा जमुना खोलाको पुर्व तर्फकोे किनारामा सात विघा जमिनमा फैलिएको छ । नयाँ वृन्दावन २०६६ सालदेखि राधेश्याम सेवा ट्रष्टको स्थापना गरी नयाँ वृन्दावन वनाउने योजना सहित काम भईरहेको सो क्षेत्रमा अहिले सम्मकै पुर्व क्षेत्रको ठुलो राधाकृष्णको मन्दिरको निर्माण कार्य समेत अघि बढेको छ ।  आगामी भाद्र महिना सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी मन्दिर निर्माणको काम भई रहेको राधेश्याम सेवा ट्रष्टका संरक्षक दिनवन्धु शास्त्रीले जानकारी दिए ।

नेपाली धार्मीक मानसिकताका भएकाले बर्षेनी लाखौ नेपालीले करौडौ खर्च गरी भारतमा रहेका मठ मन्दीरको दर्शनका लागी जाने गरेको दृष्टान्तलाई ध्यान दिदै उक्त परियोजनाको निर्माण सुरु गरिएको शास्त्रीको भनाई छ । केही बर्ष भित्रै उक्त स्थान धार्मीक पर्यटकको मुख्य रोजाईमा पर्ने उनले बताएका छन् ।

बन्दै गरेको नयाँ वृन्द्रावन क्षेत्रमा हिन्दुहरुले लक्ष्मीको रुपमा पुज्दै आएका गौ सेवाका लागि गौशाला भवन, गौ सेवक वासस्थान, शिव मन्दिर, वुद्ध मूर्ती स्थापना आश्रम भवन रासी अनुसारको वृक्षारोपण गरी वगंैचा निर्माण गरी सकेको छ ।

बृन्दावन क्षेत्रमा पिकनिक स्पट र मानवहरुका पुर्खा तथा गोत्रा अनुसारका २४ वटा ऋषिमुनिहरुका मुर्तीहरु समेत वनाउने योजना अनुसार केही ऋषिहरुका मुर्ती निर्माण गरी पुर्खालय बनाउने कार्य अघि बढेको शास्त्रीको भनाई छ ।

विशेष गरी नयाँ वृन्द्रावनमा दैनिक धार्मीक अनुष्ठान, कोटीहोम महायज्ञ, महापुराण, पर्वजन्य महोत्सवलाई महत्व दिदै धार्मिक कार्यक्रमहरु गरिने योजना अघि सारिएको छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा निर्माण हुँदै आएको बुढी खोला किनारामा रहेको नयाँ वृन्द्रावनमा अघिल्लो वर्षको बाढीले एक विघा जति जमिनको क्षेत्रफलमा क्षति पुर्याएको कारण यस वर्ष पनि वर्षायाममा बाढीले क्षति पुर्याउने समस्या भने रहेको छ । आफ्नो गौरबको योजनाको रुपमा निती तथा कार्यक्रममा राखेको नगरपालिकाले उक्त परीयोजनालाई क्षतिबाट बचाउन तटबन्ध निर्माण गरे धार्मीक पर्यटन संगै हिन्दु संस्कृती र मुल्यमान्यको संरक्षण हुनेमा कसैको दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्