तीजको रमाईलो संगै शिक्षकलाई सहयोग



१५ भदौ २०७५, इटहरी

इटहरीमा कस्मेटिक तथा मार्केटिङ टिमले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै पुर्वमा सौन्दर्यकलाका सामाग्रीहरु उत्पादन तथा  विक्री वितरण गर्दै आएका व्यवसायीहरुको टिमले महिलाहरुलाई लक्षित गर्दै तीज विशेष कार्यक्रमको आयोजना गरेको हो ।

प्रदिप गिरीको अध्यक्षतामा भएको तीज विशेष कार्यक्रममा इटहरी क्षेत्रका सडकमा बालवालिकाहरुलाई निशुल्क शिक्षा दिदै आएका चन्द्र भण्डारीलाई नगद पाँच हजार सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नृत्यकला साथै विभिन्न विधामा प्रतिस्पर्धा समेत गराईएको आयोजक टिमले जनाएको छ । आयोजित प्रतियोगितामा प्रथम द्वितीय तथा तृतिय हुनेहरुलाई विभिन्न कम्पनीहरुका सौन्दर्य सामाग्रीहरु पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

अजित कट्वाल, मनोज शाह तथा सौन्दर्यकलाका वितरक तथा मार्केटिङ्गहरुको संयुक्त पहलमा पहिलो पटक तीज विशेष कार्यक्रम गरिएको नेपाल कस्मेटिक तथा मनिहारी संघका सागार तिमलसिनाले जानकारी दिए । उनले आगामी दिनमा समेत यसलाई निरन्तरता दिदै जाने बताए । सौन्दर्यकला व्यवसायी संघ सुनसरी सचिव सृजना राई ,उद्योग वाणिज्य संघ इटहरीका महासचिव टंक खनाल, शिक्षक चन्द्र भण्डारी लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा पुर्वाञ्चलमा लामो समयदेखि कस्मेटिक व्यवसाय तथा मार्केटिङ्ग गर्दै आएका १५० बढी महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम संचारकर्मी तथा गायिका चन्दा खड्का र मार्केटिङ्गको क्षेत्रमा लामो समयदेखि आवद्ध रहेका मिलन कार्कीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्