एटम जी! दीपावली मनाउने तयारीमा बस्नुस्, दशैँ अघि नेपालेडाँडामा बत्ति बल्छ: बीरबल राई



१५ भदौ २०७५, काठमाडौं

भोजपुर जिल्ला स्थित षडानन्द नगरपालिकाका प्रमुख बिरबल राईले नेपालेडाँडामा दशैँ अघि बत्ति बालि सक्ने बताएका छन् । राजधानी स्थित राष्ट्रियसभा गृहमा भएको नेपाल नगरपालिका संघको छैठौं अधिवेशनमा उपस्थित भएका राईले परिवर्तन खबरका एटम शर्मालाई अन्तर्वार्ता दिदै ” एटम जी ! तपाई ढुक्क भएर अब दीपावली मनाउने तयारीमा बस्नुस्, दशैँ अघि नेपालेडाँडामा बत्ति बल्छ भनेर ठोकुवा गरेका छन् ।

नेपालेडाँडामा १२ बर्ष अघि गाडिएको बिजुलीको पोलमा अझै तार नटाँगिएको विषयमा नगर प्रमुख बीरबल राईलाई ध्यानाकर्षण गराउदै।

षडानन्द नगरपालिकाको वडा नम्बर १ स्थित नेपालेडाँडामा १२ वर्ष अगाडी पोल गाडिएको र त्यसै गरी वडा नम्बर २ स्थित कुदाककाउलेमा पनि विगत ४/५ वर्ष देखि पोल गाडिएको भए पनि उक्त पोलमा अझै तार टांगिएको छैन। नगरपालिका भित्र आफुले सडक, खानेपानी र विधुतलाई बिशेष प्राथामिकतामा राखेको हुँदा अब कामले तिब्रता दिने पनि प्रमुख राईले बताए ।

वडा नम्बर १ स्थित नेपालेडाँडा र वडा नम्बर २ स्थित कुदाककाउलेको भूगोललाई श्रीलंकाको टापु जस्तै नमुना बनाउने र साथ् साथै सबै युवाहरुलाई व्यवसायिक बनाउदै विदेश पलायन हुन बाट रोक्ने तर कोहि युवाहरु व्यवसायमुखी नबने नगरले दिने सेवासुविधाबाट बन्चित गराउने पनि राइले बताए । राइको अनुसार अब नगरबासीको अवस्था हेरेर कर लगाउने र नगरबासिहरुलाई डेनमार्कमा झैँ होडबाजी गर्दै आफै कर तिर्न आउने वातावरण बनाउने योजना रहेको पनि सुनाए ।

आफ्नो नगरपालिका भित्र काम गर्न आफुलाई कुनै असहज परिस्थिति नभएको तर केन्द्रको र प्रदेशको नियम, कार्यविधि र नमुना कानुन बाझिएको हुँदा तिन तहको सरकारको अधिकार बाडफाड गर्दा केहि अप्ठ्यारो परिस्थिति सृजना भएको राईको भनाई छ ।

बालबालिका, महिला, अपांगा र जेष्ठ नागरिकहरुको निम्ति विशेष कार्यक्रम बनाएको नगरपालिकाले नेपालेडाँडा, कुदाककाउले र खर्ताम्छको निम्ति छागे मुसुने मुहान, मुलपानी, केउरेनीपानी र तुन्गेछाको निम्ति किमालुंग लामुखोला मुहान, साम्पाङ र देउरालीको निम्ति साम्पाङ छेउको खोला मुहान र बोयालाई हेलाउछा र बोया बिचको मुहान उपयोग गर्दै एक घर एक धाराको व्यवस्था गर्ने योजना रहेको जनाए ।

राईको अनुसार पशुपालनको निम्ति साउने डाँडा, मैयु, तीनतले लगायतको क्षेत्र छुट्टाएको र अलैची, सुन्तला, कागती लगायतको उत्पादनको निम्ति पनि क्षेत्र छुट्टाएको छ । अब नगरको समृद्धिमा लागेका षडानन्द प्रतिस्ठान र योगमाया फाउन्डेसन जस्ता धरहराहरुलाई सम्मान गर्दै ५ बर्ष भित्र नगरावासिहरुले गर्व गर्न लायकको नगरपालिका बनाउने योजना रहेको पनि राईले सुनाए ।

जोखिममा रहेका बस्तीहरूलाई एकीकृत बस्तीको रुपमा विकास गर्ने , बालबालिकाहरुलाई विद्यालयसम्म जाने वातावरण बनाउने र केउरेनीपानी, मुलपानी, कामि चौतारा र तुन्गेचाको बाटोमा सुधार ल्याउने पनि नगरपालिकाको योजना रहेको नगर प्रमुख राइको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस:

अध्यारोमा नेपालेडाँडा : १२ वर्षअघि पोल गाडियो अझै तार टाँगिएन

जेष्ठ नागरिकहरुलाई नगरभित्र स्वास्थ्य सेवामा विशेष छुट दिलाउने छु : मेरिका राई

‘The Voice of Nepal’ मा छनौट भएसँगै भोजपुरका तेजिन्द्र गन्धर्ब चर्चाको शिखरमा (भिडियो सहित )

 

प्रतिक्रिया दिनुहोस्