जेष्ठ नागरिकहरुलाई नगरभित्र स्वास्थ्य सेवामा विशेष छुट दिलाउने छु : मेरिका राई



१५ भदौ २०७५, काठमाडौं/ एटम

आफ्नो नगरभित्रका जेष्ठ नागरिकहरुलाई नगरभित्र उपलब्ध हुने स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने भोजपुर जिल्ला स्थित षडानन्द नगरपालिकाका उपप्रमुख मेरिका राईले बताईन। आफु निर्वाचित भए पश्चात नगरभित्रका जेष्ठ नागरिकहरुको नागरिक सम्मान कार्यक्रम गरे पनि स्वास्थ्य उपचारमा कुनै योजना ल्याउन नसकेको बताउदै अब चाडै स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने बताएकी छिन् ।

नेपाल नगरपालिका संघको छैठौं अधिवेशनमा सहभागी हुन राजधानी आएकी उपप्रमुख राईले परिवर्तन खबरसँग कुराकानी गर्ने क्रममा सो कुरा बताएकी हुन् । युवाहरुले नगरभित्र बसेर काम गर्ने वातावरण अझै पनि नभएको भन्दै उपप्रमुख राईले अब प्रत्येक युवाहरुलाई स्थानिय व्यवसायसँग जोड्ने कुरामा समेत जोड दिईन ।

दिंला बजारलाई रुद्राक्षको लागि व्यापारिक क्षेत्र बनाउदै रुद्राक्षलाई कृषि व्यवासायमा लाने गरी कुरा अगाडी बढाइसकेको र एक ठाउमा कर तिरिसकेपछि अर्को ठाउमा तिर्नु नपर्ने गरि कुरा अगाडी बढाएको पनि उनले बताईन ।

न्यायिक समितिको समेत प्रमुख रहेकी उपप्रमुख राईले प्रत्येक शुक्रबार न्यायिक कामको लागि छुत्तेको र प्राय जसो घरायसी मुद्दा आउने गरेको पनि अनुभब सुनाईन । विद्यार्थी राजनीति गर्दै तत्कालिन अनेरास्वावियुको केन्द्रिय सदस्य समेत भईसकेकी राईले पहिले माग राख्दै आन्दोलन गरेको र अहिले माग पुरा गर्ने तहमा आएको हुँदा फरक अनुभब महसुस भएको पनि सुनाईन।

योजना तर्जुमा समितिको प्रमुख रहेकी राईले सडक, विधुत र खानेपानीलाई अरु कसैको भर नपरी काम अगाडी बढ्ने र चाडै नगर हाईवे बनाउने पनि उनको योजना रहेको जनाईन ।

नगरको १४ वटै वडामा वार्थिंग सेन्टर सहितको स्वास्थ्य चौकी बनाउने र शहरी स्वास्थ्य सेवा उपलब्ध गराउने योजनाको साथ अगाडी बढेको राईको भनाई रहेको छ ।

सम्पूर्ण बजेटको केहि प्रतिशत महिला, दलित, अपांगा लगायतलाई छुट्टाईएको र त्योसँगै महिला शसक्तिकरणको कार्यक्रमलाई समेत विशेष ध्यान दिएको उनले जानकारी गराइन ।

यो पनि पढ्नुहोस:

अध्यारोमा नेपालेडाँडा : १२ वर्षअघि पोल गाडियो अझै तार टाँगिएन

‘The Voice of Nepal’ मा छनौट भएसँगै भोजपुरका तेजिन्द्र गन्धर्ब चर्चाको शिखरमा (भिडियो सहित )

एटम जी! दीपावली मनाउने तयारीमा बस्नुस्, दशैँ अघि नेपालेडाँडामा बत्ति बल्छ: बीरबल राई

प्रतिक्रिया दिनुहोस्