
१४ भदौ २०७५, काठमाडौं
चन्द्रागिरी नगरपालिकाकी उपप्रमुख लिशा नकर्मीले नगरको ऐन नियम निमार्ण कार्य अन्तिम चरणमा पुगेको बताइन् ।
नगरपालिका संघको छैठों अधिवेशनको क्रममा परिवर्तन खबरसँग कुरा गर्दै उनले अघिल्लो वर्षको बजेट पूर्वाधार विकासमा खर्च गरिएको र ९३ प्रतिशत काम भएको बताइन् ।
नगरपालिकाको प्रोफाइल निमार्ण गरेको सुनाउँदै उनले नगरपालिकाको पर्यवरणिय अध्ययन गर्दा चन्द्रागिरी नगरपालिका सबै हिसाबले भरिपूर्ण रहेको बताइन् । ‘चन्द्रागिरीलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने छलफमा जुटेका छौँ , उनले भनिन् ।
त्यस्तै नगरभित्र रहेको ऐतिहासिक कुराको पहिचान गर्न बजेट छुट्याएको बताइन् ।महिलाहरु अघि बढ्नुपर्ने धाराणा राख्ने नकर्मी अर्थोपार्जनमा जोड दिनुपर्ने बताउँछिन् ।
सार्वजनिक जग्गाको संरक्षणका निमित्त पार्क निमार्ण गर्ने योजना छ उनको नगरको । त्यस्तै ‘महिलामैत्री विद्यालयलाई नगरको अपनत्वमा ल्याउने काम भइहेको छ , उनले सुनाइन् ।’
यो पनि पढ्नुहोस





