तीन जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी बर्दघाट उपप्रमुख मायादेवी पौडेल



१४ भदौ २०७५, काठमाडौं

नवलपरासीको बर्दघाट नगरपालिका प्रमुख मायादेवी पौडेल आफू नेतृत्वमा आएपछि परिवर्तन महशुस गर्न मिल्ने काम भएको बताउँछिन् ।

आफ्नो नगरको मूख्य मागको रुपमा रहेको सडक बिस्तार अन्तर्गत ६०  किलोमिटर सडक पिच र १० किलोमिटर पिच गरिएको बताइन् ।

आफ्नो नगरका महिला लक्षित शशक्तिकरण, क्षमता विकास र सिपमूलक  तालिम सञ्चालन गरिएको बताइन् ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा २ सन्तनसम्म सुत्केरी भत्ता स्वरुप ५–५ हजार वितरण गर्दै आएको बताइन् । शिक्षा क्षेत्र अन्तर्गत सामुदायिक विद्यालयमा दिवा खाजाका लागि २८ लाख वितरण गरिएको बताइन् । त्यस्तै स्कुल भर्ना अभियान अभियान सञ्चालन तथा अभिभावकत्व ग्रहण गरिएको बताइन् । उनले पनि तीन जनाको अभिभावकत्व ग्रहण गरेकी छिन् ।

एता बर्दघाट नगरपालिकाले ८५ वर्षभन्दा माथिका बृद्धबृद्धाहरुलाई वार्षिक ६००० वितरण गर्दै आएको सुनाइन् । जनताको आशा र अपेक्षा धेरै भएकाले त्यसको पूरा गर्ने प्रयत्न गर्ने बताइन् ।

यो पनि पढ्नुहोस

नेपाल नगरपालिका संघमा अशोक श्रेष्ठ निर्वाचित (फोटो फिचर)

विविधतायुक्त स्थानीय सरकारका प्रमुख उप–प्रमुखहरु (फोटो फिचर)

स्थानीय सरकारमा सबैभन्दा कान्छी २३ बर्षीय आमा र सबैभन्दा जेठी ८८ वर्षीय अविवाहित हजुरआमा

प्रतिक्रिया दिनुहोस्