‘छोरी चेली वंशको आधार सृष्टीको श्रृजना कूलको उपहार’ भन्ने नारासहित गाउँवस्ती पुगिन् उपप्रमुख कविता विष्ट



१४ भदौ २०७५, काठमाडौं

बाजुराको बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्ट आफू नेतृत्वमा आएपछि जनताले प्रत्यक्ष महशुस गर्ने गरी काम भएको बताइन् ।

नगपालिका संघको छैठौं महाधिवेशनमा परिवर्तन खबरसँग कुरा गर्दै खोलाको पानी पिउन पर्ने अवस्थालाई सुधार्दै चारवटा टयाङ्की बनाएको बताउँछिन् ।

वडावडामा सडक पुर्याउने र नगरबासीलाई  आत्मनिर्भर बनाउन व्यवसायमूलक काम गर्ने योजना रहेको सुनाइन् ।

महिलाहरुले झनै परिवर्तनको महशुस गरेको बताउँदै उनले महिलासँग उपप्रमुख नामक कार्यक्रम गर्दै आएको बताइन् ।

‘छोरी चेली वंशको आधार सृष्टीको श्रृजना कूलको उपहार’ भन्ने नारासहित वडा ९ वटै वडामा पुगेको बताइन् ।

हिंसा पीडित र एकल महिला गरी १७ जनालाई उन्नत जातको बाख्रा वितरण गरेको बताइन् । साथै उनले केही स्थानमा छाउ गोठ मूक्त अभियान घोषणा र यसको निरन्तरताका लागि १० लाख बजेट विनियोजन गरेको बताइन् ।

यो पनि पढ्नुहोस

नेपाल नगरपालिका संघमा अशोक श्रेष्ठ निर्वाचित (फोटो फिचर)

विविधतायुक्त स्थानीय सरकारका प्रमुख उप–प्रमुखहरु (फोटो फिचर)

स्थानीय सरकारमा सबैभन्दा कान्छी २३ बर्षीय आमा र सबैभन्दा जेठी ८८ वर्षीय अविवाहित हजुरआमा

प्रतिक्रिया दिनुहोस्