
१५ भदौ २०७५, काठमाडौं
तानसेन नगरपालिका प्रमुख लक्ष्मी देवी पाठक स्वास्थ्य सेवाबाट बञ्चित दलित, अल्पसंख्यक र स्वास्थ्य स्वयमसेविकाकोहरुको स्वास्थ्य बिमा गरिएको बताउँछिन् ।
नगरपालिका संघको छ्रठों अधिवेशनको क्रममा परिवर्तन खबसँगको कुराकानीमा उनले नगर भित्रका महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि सिलाइकटाइ, ढाका,पछ्यौरा, झोला, चुरा बनाउने लगायतको तालिम दिएको बताउँछिन् ।
नगरको शहरी विकास गर्न जरुरी रहेको बताउँछिन् । सडक विस्तार , पिच गर्न जरुरी रहेको बताउँदै उनले भनिन् ,‘सडक वर्ष अन्तर्गत ट्रयाक खोल्ने काम भएको छ , स्तारोन्नती गर्न आवश्यक छ ।
त्यस्तै नगरपालिकामा सुकुम्बासी बस्ती रहेको र उनीहरुलाईजग्गा व्यवस्थापन गर्न पहल गर्ने बताइन् ।
यो पनि पढ्नुहोस





