
१५ भदौ २०७५, काठमाडौं
एउटा गीत नै छ गोरु ब्याउदैन , तिम्लाई ज्वाई भन्न त्यति स्वाउदैन । तर यतिबेला यो गीत झुटो साबित बनेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपालिका स्थित ईचोक पुरानागाउका सोनाम तामाङको एउटा गोरुले दिनहुँ दुध दिने गरेको छ ।
तामाङ आफ्नो गोरुको दिनहुँ दुध दुहुन्छन् र उक्त दुध प्रसादको रुपमा गाउलेहरुलाई बाड्छन् । उनि बिहान बेलुका गरेर करिव एक माना जति दुध दुहुने गर्छन ।
भिडियो :
https://youtu.be/1s2_a56030Q
गाउमा गोरुले दुध दिन थालेपछि स्थानीयहरु छक्क छन् भने तामाङ दंग छन् । यतिखेर तामाङको घरमा गोरुले दुध दिएको हेर्न आउनेहरुको भिड लागेको छ ।
तामाङका अनुसार गोरुको अन्डाकोषको छेउमा रहेको थुनबाट दुध जस्तो सेतो थोपा खस्न थालेपछि अचम्मित परेको र उक्त सेतो पदार्थ दुध हो की भनेर दुहुदा दुध नै रहेकोले यतिबेला चार थुन मध्धे दुई थुन बिहान बेलुका दुहुने गरेको हुन् । यतिबेला सबै जना शिव भगवानको साढे नन्दी भनेर पुजा गर्न समेत आउन थालेका छन् ।





