स्थानीय सरकारमा सबैभन्दा कान्छी २३ बर्षीय आमा र सबैभन्दा जेठी ८८ वर्षीय अविवाहित हजुरआमा



१५ भदौ २०७५, काठमाडौँ

देशभरिका स्थानीय नगर सरकारमा सबैभन्दा कान्छी २३ बर्षीय शिव कुमारी चौधरी र सबैभन्दा वृद्ध ८८ बर्षीय शान्ता कार्की सम्मेलनभर चर्चामा रहे ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित शिवराज नगरपालिका कपिलवस्तुकी सबैभन्दा कान्छी उप–प्रमुख २३ बर्षीय शिव कुमारी चौधरी १८ बर्षको उमेरमा विवाह गरी ४ बर्षीय छोरीसहित चुनावी अभियानमा होमिएकी थिइन् भने नेपाली कांग्रेसबाट निर्वाचित विरगञ्ज महानगरपालिकाकी सबैभन्दा वृद्ध ८८ बर्षीय शान्ता कार्की अविवाहित वृद्ध राजनितिज्ञ हुन् ।

कान्छी चौधरी एमालेबाट उठ्दा पार्टी सदस्य समेत थिइनन् भने वृद्ध कार्की अविवाहित कृष्ण प्रसाद भट्टराईबाट १५ बर्षकै उमेरमा पार्टी सदस्यता लिएकी अनुभवी राजनितिज्ञ हुन् ।

तर दुवैले उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा आ–आफ्नो पार्टीबाट छानिएका थिए । परिवर्तन खबरले लिएको रोचक भिडियो अन्तर्वाता अर्को हप्ता विस्तृत रुपमा प्रकाशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्