९० घण्टा २ मिनेटसम्म लगातार प्रवचन दिएर अनन्तरामले राखे विश्व कीर्तिमान



१५ भदौ २०७५, काठमाडौँ

योगसाधक अनन्तराम केसीले ९० घण्टा २ मिनेटसम्म लगातार प्रवचन दिएर विश्व कीर्तिमान कायम गरेका छन् ।  सोमबार बिहान ६:१५ बाट प्रवचन दिन सुरु गरेका अनन्तरामले शुक्रबार राती १२:३० सम्म लगातार बोलेर कीर्तिमान कायम गरेका हुन् ।


जोरपाटीस्थित इस्ट पोल स्कूलमा न्यू माइण्डस एकेडेमीद्वारा आयोजित कार्यक्रममा उनले शुक्रबार बिहान २ बजे गिनिजवर्ल्ड रेकर्डबाट आफ्नो कीर्तिमानको प्रमाणपत्र प्राप्त गरेका छन् ।‘विश्वले चिन्ने छ, नेपालीलाई’ भन्ने नारासाथ नयाँ कीर्तिमान कायम गरेका अनन्तरामले यसअघि ८० घण्टासम्म निरन्तर प्रवचन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्