
१४ भदौ २०७५, काठमाडौं
सौल। चर्तित पत्रकार रवि लामिछाने कोरिया जाने भएका छन्। जापान हुँदै कोरिया आउन लागेका पत्रकार लामिछानेले सेम्टेम्बर २४ तारिखमा हुने रिदम लाईभ कन्सर्टमा समेत सहभागी हुने भएका छन् । पछिल्लो समय कोरियावासी नेपालीहरू माझ रिदम लाईभ कन्सर्टको चर्चा चुलिएको सन्दर्भमा उनको उपस्थितीले सुनमा सुगन्ध थपिने आयोजकको अपेक्षा रहेको बताईएको छ।
उनी नेपाली समुदायले गर्ने अन्य बिभिन्न कार्यक्रममा समेत सहभागी हुने छन्। लामिछानेको उपस्थिती बारे धादिंग समाज कोरियाका अध्यक्ष तथा रिदम लाईभ कन्सर्टका आयोजक सन्तोष अधिकारीले फेसबुकबाट सार्वजानिक गरेका हुन्।अधिकारीको पोष्ट यस्तो छ;






