
१४ भदौ २०७५, काठमाडौं
नेपाल नगरपालिका संघको छैठौं अधिवेशनमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर एैर आफू नेतृत्वमा आएपछि सुशासन र विकासको गतिशिलतामा परिवर्तन आएको बताउँछन् ।
स्वास्थ्य, शिक्षाको क्षेत्रमा उल्लेखनीय काम भएको भन्दै नगरको ठूलो समस्याको रुपमा रहेको छाडा पशुको व्यवस्थापन गरिएको छ । समृद्ध र सुखी नगरपालिका अभियान अन्तरगत १७ वटा ऐन कानुन बनाएर अघि बढेका नगरप्रमुख एैरले बताए ।
युवा लक्षित कार्यक्रम अन्तरगत २५ विघा जग्गामा क्रिकेट, फुटबल, कबड्डी, डण्डीबियो लगायतका खेलहरु खेल्नमिल्ने फनपार्कको डिपिआर तयार पारेका छौं, उनले भने ।





