उज्यालो शहरका लागि भेरीगंगा नगरपालिकामा सोलार जडान  : नगरप्रमुख भुपेन्द्र बहादुर चन्द



१४ भदौ २०७५, काठमाडौं

नेपाल नगरपालिका संघको छैठौं महाधिवेशनमा परिवर्तनसँगको कुराकानीमा सुर्खेतको भेरी गंगा नगरपालिका प्रमुख भुपेन्द्र बहादुर चन्द नयाँ नगरपालिका भएको हुँदा विकास निर्माण लगायतका गतिविधिमा चुनौती थपिएको बताउँछन् ।

भेरीगंगा नगरपालिकाको उज्यालो शहर अन्तरगत छिन्चु, रामघाट, जहरे बजारमा सोलार राख्नुका साथै विद्यालय र मन्दिरमा पनि सोलार जडान गरिएको जानकारी दिए ।

बाँकी समयमा शिक्षा, शहरी, कृषि, औद्योगिक, हवाई लगायतको क्षेत्रमा उल्लेखनीय काम गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्