
१४ भदौ २०७५, काठमाडौं
नेपाल नगरपालिका संघको छैठौं महाधिवेशनमा परिवर्तनसँगको कुराकानीमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना वास्तोला भुकम्प गएको समयमा नगरपालिकाले १ वर्ष नक्सा पासमा छुट गरेको बताउँछिन ।
नगरपालिकाले महिलाको क्षेत्रमा लोक सेवा तयारी कक्षा, मन्टेश्वरी कक्षा, वेत वाँसको सामग्री बनाउने तालिम र व्युटीसियनको तालिम दिएको बताईन् ।
युवा लक्षित कार्यक्रम अन्र्तगत वडामा खेल मैदान निर्माण गर्नुका साथै ९ ओटै वडामा मुख्य मार्गका लागि १–१ करोड बजेट विनियोजन गरिएको छ ।
अन्त्यमा उपप्रमुख बास्तोला भन्छिन्, ‘चाँगुनारायण नगरपालिकाभित्रका विद्यालय जानबाट बञ्चित बालबालिकालाई विद्यालय पठायौं ।’





