
१३ भदौ २०७५, काठमाडौं
देशमा नयाँ मुलुकी ऐन लागु भएसंगै दाङ जिल्लामा १२ दिनको बिचमा ११ जना पुरुषले सम्बन्ध विच्छेदको निम्ति निवेदन दर्ता गराएका छन् ।
यहि भदौ १ गतेबाट देशमा नयाँ मुलुकी संहिता आएसंगै त्यसले दिएको अधिकार प्रयोग गर्दै उक्त ठाउमा पुरुषहरुले धमाधम अदालतमा आएर सम्बन्ध विच्छेदको लागि निवेदन दर्ता गराउन थालेका हुन् ।
यहि भदौ १ गतेदेखि १२ गतेसम्मको समयमा ११ जना पुरुषले आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भन्दै निबेदन दर्ता गराएका र ४ जना महिलाले आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गरी पाउँ भन्दै निबेदन दर्ता गराएका छन् ।
नयाँ मुलुकी संहिताले पुरुषहरु पनि सम्बन्ध विच्छेदका लागि सिधै अदालत जाने बाटो खोलिदिएको छ ।





