संसदीय समितिमा भएको छलफलमा भाग नलिने भन्दै बाहिरिए डाक्टर केसी



१३ भदौ २०७५, काठमाडौं

डाक्टर गोबिन्द केसीले चिकित्सा शिक्षा विधेयकमाथि संसदीय समितिमा भएको छलफलमा भाग नलिने भन्दै बाहिरिएका छन् । शिक्षा तथा स्वास्थ्य समितिले उनलाई विधेयकका लागि छलफल गर्न बोलाएको थियो । छलफलमा बोलाए लगत्तै केसी गए तर आफ्नो कुरा राखेर छलफलमा भने बसेनन् ।

केसीको भनाई छ समितिले बोलाएको हुदा त्यसको सम्मानको निम्ति म त्यहाँ गएको हुँ । यो विषयको विधेयकबारे सरकारसंग र संसदमा बहुमत प्राप्त पार्टीको संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्रीसंग सम्झौता भईसकेकोले पुन यहि बिषयमा समितिसग छलफल गर्न चाहान्न , समितिमा पुगेर डाक्टर केसीले जानकारी गराए ।

त्यसपछि केसीले आफुले ल्याएको पत्र पढेर सुनाएका थिए :

(पत्र तस्विर सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्