विमस्टेकको मन्त्रीस्तरिय बैठक काठमाडौंमा सुरु



१३ भदौ २०७५, काठमाडौं

काठमाडौंमा विमस्टेकको मन्त्रीस्तरिय बैठक सुरु भएको छ । सोल्टी होटलमा जारी बैठकमा विमिस्टेक सचिवालय सचिव साहिदुल ईस्लामले विमेस्तेक सचिवालयले गरेको कामहरुको ब्रिफिङ गर्ने र विमस्टेक राष्ट्रहरुबीच विधुत प्रसारण लाईन निर्माण गर्ने सम्झौतालाई अन्तिम रुप दिने कार्यक्रम रहेको छ ।

बैठकले मंगलबारको सचिवालय बैठकको समिक्षा पनि गर्ने कार्यक्रम रहेको छ । मंगलबारको सचिवालय बैठकले विमटेक फन्ट स्थापना गर्ने समझदारी कायम गरिसकेको छ । उक्त एजेन्डा आजको बैठकमा पेश हुनेछ ।

बैठकले काठमाडौं घोषणापत्रलाई अन्तिम रुप दिनेछ । विमस्टेक बैठकपछी विमिस्तेकाको अध्यक्ष नेपालले श्रीलंकालाई अध्यक्ष सुम्पिनेछ ।

प्रतिक्रिया दिनुहोस्