तीज नजिकिदै गर्दा माइती देशको सम्झना गर्दै गायिका गंगा गौतम (भिडियो सहित)



१३ भदौ २०७५, काठमाडौं

दिनानुदिन नेपाली नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा एउटा फरक स्वदको तीज गीत “माइतिको देश ” चर्चा बटुल्दै नेपाली सांगीतिक बजारमा आएको छ। पूर्वकी चर्चित लोक गायिका गंगा गौतम आचार्यको स्वर रहेको उक्त गीतमा चर्चित शब्दाकार राजकुमार बगरको शब्द र संगीत रहेको छ।
भिडियो यस्तो छ :

तीज यस्तो पर्व भनेको छ जहा पुरुष हुन् या महिला तीज गीत गाउन र तीज गीतमा छमछमी नाच्दै रमाउन चाहान्छन्। विगतका आफ्नो सबै दु:ख र बेदनाहरु भुलेर एकदिन भए पनि आफ्ना हितैसी संगीहरुसँग जम्मा भएर कम्मर मर्काउदै छमछमी नाचेर तीज मनाउन चाहान्छन् नेपाली नारीहरु। त्यसैगरी माइतिको देशलाई सम्जिदै विदेशमा रहेका चेलीहरुलाई माइति देशमा भएको जस्तै भान गराउदै नचाउन चाहान्छिन गायिका गंगा।

रोचक थापाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा गायिका गंगा लगायत साथीहरुको अभिनय रहेको छ । श्रीकुमार सामपाङले सम्पादन गरेको उक्त भिडियोलाई श्रीकुमार आफैले खिचेका हुन् ।

बजारमा विभिन्न किसिमको तीज गीत आइरहेको बेला गंगाले तीजको मर्म अनुरुप टिपिकल र मन छुने शब्दले भरिपुर्ण भएको माइतिको देश भन्दै विदेशमा बस्ने सबै चेलीहरुलाई तीजको झल्को दिलाएकी छिन्।

गायिका गंगाले यो गीतलाई sangsaNepaal को युटुब च्यानलबाट सार्वजानिक गरेकी छिन्। यतिबेला उक्त गीतले देश विदेश सबैतिर चर्चा बटुल्न सफल बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्