कलाकारिता क्षेत्रमा स्थापित हुँदै सुमित्रा दाहाल



१२ भदौ २०७५, काठमाडौं

कलाकारिताबाटै आफु स्थापित बन्ने सपना बोकेर संघर्ष गरिरहने एउटा नाम हो सुमित्रा दाहाल । सुमित्रा दोलखा जिल्लाको मिर्गे ५ (हालको वैलेश्वर) मा लक्ष्मण दाहाल र तिर्थकुमारी दाहालको कोखबाट जन्मिएकी हुन् । परिवारका ४ सन्तान मध्ये कान्छो सन्तानको रुपमा जन्मिएकी सुमित्राको २ दिदी र १ दाई छन् ।

मिलेको जिउडाल, मोहित बोली, गहुगोरो वर्ण, हसिलो चेहरा, मिलनसार बानी, जिस्किरहन मन पराउने र सबैसँग चाँडै घुलमिल हुने स्वाभावले भरिपूर्ण भएकी सुमित्रा काठमाडौंको चाबहिलमा बस्छिन् ।

करिव २ वर्ष अगाडिबाट नेपाली कलाकारिता क्षेत्रमा लागेर ब्रेक फेल, खोतल खातल लगायत २/४ वटा टेली शृंखलामा अभिनय र केहि म्युजिक भिडियोहरुमा समेत खेलिसकेकी सुमित्रा कलाकारिताबाट नै आफुले केहि गर्ने सोच बोकेर निरन्तर लागिरहेकी छिन् ।

साधारण नेपाली खाना दाल भात तरकारी खाना रुचाउने उनी म:म: भने पछि हुरुक्कै हुन्छिन् । साथीभाईहरुसँग नयाँ नयाँ ठाउमा घुम्न रुचाउने उनि प्राकृतिक सौन्दर्यताबाट अत्यधिक मोहित हुन्छिन् । आफु हत्तपत्त नरिसाउने कुनै बेला रिसाए पनि चाँडै नै मन पलाउने बताउँछिन् । बच्चादेखि नै कलाकारितामा झुकाव राख्ने सुमित्रालाई मनपर्ने नेपाली गायकमा प्रमोद खरेल, मेलिना राई, अमृत खाती, पशुपति शर्मा तथा कोमल वाली रहेका छन् ।

कुर्ता सलवारमा सजिदा आफुलाई धेरै गौरवान्वित महशुस गर्ने सुमित्रालाई शान्त, सफा तथा एकान्त वातावरणमा आफुलाई हराउन बढी रुचाउ छिन् र त्यसैबाट आफुलाई आनन्द आउने प्रतिक्रिया दिन्छिन् । कलाकारितामा अगाडी बढ्दा साथीभाईको हौसलाको खुलेर प्रशंसा गर्ने सुमित्रालाई सुमधुर आधुनिक गीतहरु आसाध्यै मन पर्ने गर्दछ ।

इलामको कन्याम र पोखराको लेकसाइड आफुलाई मनपर्ने ठाउँ भएको बताउने सुमित्रा पोखरा जाँदा लेकसाइडमै बस्ने र त्यहाँको मोहित वातावरणमा रमाउने गर्दछिन् । कलाकारितामा परिवारको राम्रो सहयोग पाएकी सुमित्रालाई आफ्नो श्रीमानको हौसलाले पनि अगाडी बढ्न अझ धेरै सहज भएको बताउछिन् ।

आफूसँग कसैले झुट बोलेमा चाडै रिस उठ्ने उनलाई रिस शान्त पार्न कसैसँग नबोली एक्लै बस्ने गर्दछिन् । नेपाली कलाकारहरुमा आर्यन सिक्देल र केकी अधिकारी अति मन पर्ने उनलाई हास्य कलाकारमा भने शिवहरि पौडेलको तारिफ गर्दछिन् ।

 

प्रतिक्रिया दिनुहोस्