
११ भदौ २०७५, काठमाडौं
लैंगिक अल्पसंख्यकहरूका लागि समर्पित नीलहीरा समाज (ब्लू डाईमन्ड सोसाइटी)ले ठमेलबाट शुरु गरेको गाइजात्रा र्याली असन, इन्द्रचोक हुँदै वसन्तपुरमा पुगेर सम्पन्न भएको छ ।

र्यालीमा देशभरका ४२ भन्दा वढी शहरहरुबाट समलिङ्गी, तेस्रोलिङ्गी, द्विलिङ्गी, बहुलिङ्गी आदिको सहभागिता रहेको सहभागी अनुज पिटरले परिवर्तन खबरलाई जानकारी दिएका छन् ।
केटा–केटीभएर केटी–केटाभएर हिड्ने चलन नेपाली समाजमा नखुलेकाहरुलाई खुल्ने तथा मनलागेका कुराहरु बाहिर भन्न तथा बोल्न सहज होस् भनी आजको र्याली उपयुक्त अवसर भएको आयोजकले बताएका छन् ।

समन्वयको लागि एकवद्धता भन्ने मुख्य नाराका साथ सम्पन्न जात्रामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूलाई सर्वप्रथम परिवार तथा समाजले स्वीकार गर्नुपर्छ भन्ने उद्देश्य रहेको बताईएको थियो ।





