निहारीकाको योगमायालाई मदन पुरस्कार



११ भदौ २०७५, काठमाडौं
साहित्यकार निलम कार्की निहारीकाको उपन्यास योगमायाले यो वर्षको मदन पुरस्कार प्राप्त गरेको छ ।

मदन पुरस्कार गुठीको सोमबार बसेको बैठकले निहारीकाको योगमायालाई यसपालिको मदन पुरस्कार दिने निर्णय गरेको एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । मदन पुरस्कारलाई नेपाली साहित्यमा उच्च सम्मानका साथ लिइन्छ । योगमाया उपन्यास राणाकालिन विद्रोही नारीका रुपमा नेपाली इतिहासकी पात्र हुन् ।

निहारीकाले योगमायाको जीवनको बारेमा अनुसन्धान गरेर उक्त उपन्यास लेखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्