शिक्षा मन्त्रालयका उपसचिवहरुलाई स्थानीय तहमा पठाउने तयारी



११ भदौ २०७५, काठमाडौं

शिक्षा मन्त्रालय अन्तर्गतका उपसचिवहरुलाई स्थानीय तहमा खटाउने गृहकार्य सुरु भएको छ । जिल्ला शिक्षा कार्यालय खारेज भएपछि कामबिहीन बनेको उपसचिवहरुलाई सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा पठाउने तयारी गरेको हो । स्थानीय तहमा कर्मचारी अपुग भएको र शिक्षा मन्त्रालयमा भने आवश्कभन्दा बढि कर्मचारी भएको समयमा मन्त्रालयले यस्तो गृहकार्य सुरु गरेको हो ।

मन्त्रीपरिषद्ले २५ साउनदेखि नै उपसचिवहरुलाई स्थानीय तहमा पठाउन सक्ने बाटो खुल्ला गरिदिएको थियो ।  मन्त्रीपरिषद्को निर्णय अनुरुप उपसचिवहरुलाई स्थानीय तहमा पठाउन सुरु पनि भईसकेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयमा ४८५ जनाको दरबन्दी रहेकोमा अहिले १९३ जनामा झारिएको छ । मन्त्रालयले १९३ जना बाहेकका उपसचिवहरुलाई स्थानीय तहमा पठाउन सुरु गरेको हो । मन्त्रालयका अनुसार १५ जना उपसचिवहरुलाई भने स्थानीय तहमा खटाईसकिएको छ ।

उपसचिवहरुलाई स्थानीय तहमा शिक्षा, युवा र खेलकुदको जिम्मेवारी दिईने छ । साथै उनीहरुलाई प्रशासकीय अधिकृतको पनि जिम्मेवारी दिईने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्