नेकपा अध्यक्ष दाहाल र अमेरिकी सहायक मन्त्री वेल्सबिच भेटवार्ता



११ भदौ २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र अमेरिकी दक्षिण तथा मध्य एसिया उपसहायक मन्त्री एलिस जी वेल्सबिच भेटवार्ता भएको छ ।

दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा दाहालले ७० वर्षको राजनैतिक अस्थिरतालाई चिर्न आफुहरु सफल भएको बताउँदै राजनैतिक स्थिरतासँगै अब आफुहरु विकासको पथमा लम्किने बताएका छन् । उनले भौतिक पूर्वाधार निर्माण, जलविद्युत, पर्यटन विकास क्षेत्र तथा कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग पाउनेमा आफहरुु आशावादी रहेको बताएका छन् ।

सो भेटमा मन्त्री वेल्सले वर्तमान सरकार स्थायी भएकाले विकासको बाटोमा अब नेपाल अगाडी बढ्ने र अमेरिकी सरकारको सहयोग रहने बताएका छन् । साथै उनले नेपालको संविधान निर्माण विश्का लागि मोडल भएको बताएका छन् । उनले नेपाल–अमेरिकाको सम्बन्ध हाललाई पनि एकदम राम्रो भएको बताउँदै आगामी दिनमा पनि यो सम्बन्धलाई झनै मजबुद बनाउने बताएका छन् । नेपालको यो स्थायी सरकारले नेपालको विकासमा ठुलो सहयोग पुग्ने पनि उनले बताएका छन् ।

मन्त्री वेल्सले साइबर सुरक्षा र प्रकोप नियन्त्रनमा आफुहरुले सहयोग गर्न चाहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्