बैठक समयावधिमा सवारी साधनमा जोर–विजोर नियम ल्याउँदै बिम्सटेक



१० भदौ २०७५, काठमाडौं

आगामी १४, १५ भदौमा काठमाडौंमा सम्पन्न हुने बिम्सटेक बैठकको समयमा सडकमा गुड्ने सवारी साधनमा महानगरीय ट्राफिक प्रहरी विभागले जोर–विजोर नियम लागु गर्ने भएको छ ।

काठमाडौंको सडकमा ७ लाख दुईपाङ्ग्रे सवारी साधनसहित करिब ११ लाख सवारी साधनहरु गुड्ने गरेको छ । बैठक समयावधिमा जोर–विजोर नियम लागु गरेर सडकको सवारी साधनको चापलाई न्युनीकरण गर्ने विभागले जनाएको छ । जोर–विजोर नियम अन्तर्गत बुधबार  र  शुक्रबार विजोर नम्बर प्लेटका गाडीहरु अर्थात, प्लेटमा भएको नम्बरको अन्तिम अंक १, ३, ५, ७ र ९ भएको सवारी साधन सडकमा गुड्न पाउने छन् । त्यस्तै बिहिबार जोर नम्बर प्लेटका सवारी साधन अर्थात, नम्बर प्लेटमा भएको नम्बरको अन्तिम अंक ०, २, ४, ६ र ८ भएका सवारी साधनले सडकमा गुड्न पाउने छन् ।

यो नियम निजी तथा सरकारी गाडीहरु सबैमा लाग्ने बताईएको छ । तर एम्बुलेन्स, शवबाहन तथा सुरक्षा निकायका गाडीलाई भने यो नियम नलाग्ने बताईएको छ । पछिल्लो समयमा काठमाडौंको सडकमा सवारी साधनको चाप बढि भएकाले यसको व्यवस्थापनमा चूनौती थँपिदै गएको छ । यस्तो समयमा बिम्सटेकले सो समस्यालाई ध्यानमा राखि ३ दिनको लागि शाहि कालमा प्रयोग गरिएको जोर–विजोर नियम लागु गरिएको हो ।

सुरक्षालाई पनि ध्यानमा राखि सो नियम ल्याईएकोले यसको बेवास्ता गर्ने तथा नमान्नेहरुलाई कडा कारबाही गरिने पनि विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्