बलात्कारीलाई कारवाहीको माग राख्दै शान्तिपूर्ण प्रदर्शन



१० भदौ २०७५, काठमाडौं

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरीकी निर्मला पन्तको न्यायको माग गर्दै युवाहरुले माईतिघर मण्डलामा १ घण्टा शान्तिपुर्ण प्रर्दशन गरेका छन ।

प्रदर्शनमा निर्मला पन्तको घटनामा उच्चस्तरिय छानविन समितिको गठन गर, न्यायको लागि भएको आन्दोलनमा सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर, कानुनी शासनको सुनिश्चिता गर, देश भरी बढिरहेको हत्या बलात्कार जस्ता जघन्य अपराध अन्त्य गर जस्ता नारा बोकेका प्लेकार्ड प्रर्दशन गरेका थिए ।

प्रर्दशनपछि कोणसभामा बोल्दै – युवाहरु गोली खान तयार छन तर न्यायको आन्दोलन नरोकिने कञ्चनपुर निवासी तारा प्रकाश मिश्रले बताए । देशव्यापी रुपमा हत्या र बलात्कारका घटना बढिरहेको हुनाले सरकारले शान्ति सुरक्षा स्थितिको सुदृढीकरण गर्नु पर्नेमा युवा अभियान्ता नारायण कडेरियाले जोड दिए । कञ्चनपुर घटनामा भिमदत्त नगरपालिका मेयरका भतिजा तथा एसपीका छोरा पनि सम्लग्न भएको स्थानियवासीको आशंका भएकाले उनीहरुलाई छानविनको दायरामा ल्याउनु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए ।

प्रदर्शनीको कोणसभामा युवा अभियान्ता नारायण कँडेल, उर्मिला थारु, निरन्जन थापा लगायतले बलात्कारीलाई तुरुन्त कारवाही गर्नुपर्ने माग राखेका थिए । शान्तिपुर्ण प्रदर्शनको आयोजना युथ एड्भोकेसी नेपाल, आयोन, एनसिइएफ लगायतका युवा सम्वन्धी संघ संस्थाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्