
०८ भदौ २०७५, काठमाडौं
बढ्दो प्रदुषण कम गर्ने उद्देश्यले राष्ट्रपति कार्यालयले ६० लाख पर्ने विद्युतीय कालो कार खरिद गरेको छ ।
चिनियाँ बीवाईडी कम्पनीको ई–सिक्स मोडलको कार कम्पनीका प्रतिनिधिले शीतल निवासमा राष्ट्रपति कार्यालयका प्रतिनिधि शिव भट्टराईलाई हस्तान्तरण गरे ।
अत्यधिक वायु प्रदूषणले काठमाडौं उपत्यका र ठूला शहरहरू उकुसमुकुस बनाएपछि प्रदूषण न्यूनीकरणका लागि विद्युतीय गाडी किनिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।





