बजाज म्याक्सिमा–सी प्रदेश १ मा लन्च



०८ भदौ २०७५, इटहरी

नेपालमा यातयातका साधनको पहिलो रोजाईमा परेको बजाज कम्पनिको नेपालको आधिकारीक बिक्रेता हुलासचन्द एण्ड कम्पनी प्रईभेट लिमीटेडले प्रदेश १ मा बजाज म्याक्सिमा–सि लन्च गरेको छ । पुर्वको ब्यवसायीक हवको रुपमा बिकास भईरहेको इटहरीमा एक कार्यक्रमको आयोजना गरी कम्पनिले उक्त गाडीको लन्च गरेको हो ।

डिटि एस आई इन्जिनमा २३६ सी सी को फोर स्ट्रोक विशेषता भएको मेक्सिमा सी तीन आकर्षक रंग पहेँलो, नीलो र हरियोमा उपलव्ध रहेको गाडीमा कुरियर, मोवाईल आईस क्रिम पार्लर आदी कामका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।

उद्योग वाणिज्य संघ पुर्वाञ्चलका निर्वतमान अध्यक्ष टङ्क दुलालको प्रमुख आतिथ्यमा भएको लन्च कार्यक्रममा बोल्दै कम्पनीका डि. एम. योगेन्द्र श्रेष्ठले देशको बढ्दो बेरोजगारीको समस्या समाधान गर्न धेरै संख्यामा रहेका बेरोजगार युवा शक्तिलाई स्वालम्बन बनाउन बजाजले महत्वपूर्ण भुमिका खेल्दै आइरहेको र नयाँ पिक अप लोडर मेक्सिमा सी ले समेत थप योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

मेक्सिमा सी साढे पाँच क्वीन्टल सम्मको सामान ओसारप्रसार गर्न सक्ने क्षमता रहेको र १२ लिटर पेट्रोल ट्याङ्की रहेको  जानकारी कम्पनिले दिएको छ । नेपाली बजारमा ५ लाख ९९ हजार ९ सय मुल्य राखिएको मेक्सिमा सी चालकका लागि समेत उपयुक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्