कार्यालय प्रमुखको बैठक ल्याण्डफिल्ड साइडमा !



०८ भदौ २०७५, काठमाडौं

ल्याण्डफिल्ड साइड ! यो शब्द सुन्दा धेरैलाई नाक थुन्न मन लाग्छ बिकसित शहरमा बढेको जनसंख्या र मानव चाँपले ल्याण्डफिल्ड साईडको कुरा छाडौं शहरमा समेत मान्छे खुल्ला रुपले सास फेर्न गाह्रो बनाएको छ । तर धनकुटा जिल्लाका कार्यालय प्रमुख भने बैठक बस्न ल्याण्डफिल्ड साईडमा जान्छन् भन्दा धेरैले पत्याउदैन् । देशकै सफा शहरको नाम र उपाधी पाएको धनकुटा नगरले आफुले फोहोर फ्याल्न प्रयोग गर्ने ल्याडफिल्ड साईडलाई पर्यटक तान्ने राम्रो स्थान बनाई रहेको छ । सुनसरी मोरङ लगायत सबै स्थानका कार्यालयका बैठकहरु धनकुटाको भेडेटार जस्ता पर्यटकीय स्थलमा बस्छन् । तर धनकुटा नगरपालिकाले भने अन्य शहरको टाउको दुखाई बनेको फोहोरलाई मोहर बनाएर पैसा कमाई रहेको छ ।

यसैबिच बिहीबार धनकुटा जिल्लाका कार्यालय प्रमुखको बैठक उक्त ल्याण्डफिल्ड साईडमा बसेको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की र सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको पहलमा उक्त पार्कमा कार्यालयको सरसफाई सम्बन्धी बैठक बसेको हो ।

बैठकमा जिल्लामा रहेका कार्यालयका प्रमुखहरुको उपस्थीती रहेको थियो । बैठकमा कार्यालयको फोहोर ब्यवस्थापन उक्त फोहोरबाट लिन सकिने फाईदा आदीका बिषयमा छलफल भएको थियो ।

बैठक बस्न र घुम्नका लागि मुख्य गन्तब्य मानिएको ल्याण्डफिल्ड साईड १० बर्ष अघि धनकुटा नगरपालिकाले निर्माण गरेको हो । उक्त फोहोरलाई ब्यवस्थापन गरेर नगरपालिकाले त्यहाँ बगैंचा निर्माण गरेपछि त्यहाँ आन्तरिक पर्यटकको राम्रो आवागमन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्